दफा १०ग
कम्प्यूटरबाट प्रशोधित अभिलेख प्रमाणको रुपमा ग्राह्य हुने
(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि अन्त:शुल्कको प्रयोजनको लागि अन्यथा प्रमाणित भएकोमा - बाहेक विभाग वा अन्तर्गतका कार्यालय वा अन्त:शुल्क प्रशासन गर्न तोकिएको कार्यालयमा रहेका कम्प्यूटरबाट प्रशोधित कुनै व्यक्तिको अन्त:शुल्क सम्बन्धी अभिलेख प्रमाणको रुपमा ग्राहा हुनेछ ।

(२) अन्त:शुल्क लाग्ने तोकिएका वस्तु वा सेवाको उत्पादन सम्बन्धी तथ्याङ्क विद्युतीय माध्यमबाट विभाग वा विभागले तोकेको कार्यालयमा स्वतः प्राप्त हुने गरी व्यवस्था गर्न सक्नेछ ।

(३) विभागले विद्युतीय माध्यमबाट अन्त:शुल्क विवरण पेश गर्ने र अन्त:शुल्क भुक्तानी गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न सक्नेछ ।